माघ ८ गते सोमबार लकइन पिरियड सकिएर कारोबारमा आउनु पर्ने चन्द्रागिरी हिल्स लिमिटेडको स्थानीय तथा संस्थापक सेयर सोमबार कारोबार नहुने भएको छ ।
माघ ८ गतेबाट लकइन खुल्ने भनेर तम्तयार बसेका स्थानीयले सोमबार सेयर बेच्न नपाउनुका पछाडि माघ ८ गतेको मध्यराति मात्रै लकइन खुल्ने नियम रहेको जनाइएको छ । सिडिएससीका अनुसार आज राति ११:५९ बजेपछि मात्रै उक्त सेयर कारोबार गर्न टिएमएसमा आउनेछ ।
होटल समूह अन्तर्गत सुचिकृत भएको यस कम्पनीको दोस्रो बजारमा १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचीकृत रहेका छन् । जस मध्य यस अगाडि केबल १२ प्रतिशतले १८ लाख ४० हजार ९०९ कित्ता मात्रै नेप्सेमा किनबेच हुँदै आएको थियो । अब बजारमा भोलि देखि थप कित्ता पनि कारोबारमा आउनेछन् ।
योजना प्रभावित स्थानीयका लागि सार्वजनिक निष्कासनको १० प्रतिशत सेयर आरक्षण गरि बिक्री गर्ने गरिएको छ । उक्त सेयर बाँडफाँड भएको मितिले तीन वर्ष नपुगेसम्म सेयर किनबेच गर्न नपाउने नियम रहेको छ । कम्पनीको सेयर हाल प्रतिकित्ता ८९३ रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस