Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार २१०० मुनि, बजारसँगै कारोबार पनि घट्दै

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, १५ : ११ मा प्रकाशित

सेयरबजार २१०० मुनि, बजारसँगै कारोबार पनि घट्दै

अघिल्ला तीन कारोबार दिन पनि घटेको सेयरबजारमा सोमबार उच्च अङ्कको गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको खराब दोस्रो त्रैमास रिपोर्टसँगै बजार दोहोरो अङ्कले घटेको हो ।

आइतबार २५.६३ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप ३१.४९ अङ्कले घटेर २०९८.६९ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ६ अर्ब ३६ करोड ६० लाख ७० हजार तीन रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा अप्पर स्याङ्गे र मिडसोलु हाइड्रो कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा दोर्दी, रिडि हाइड्रो, हिमालयन लघुवित्त, लिबर्टी इनर्जी, मनकामना स्मार्ट लघुवित्त र मकरखोला हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

आज ट्रेडिङ उपसूचक मात्रै ०.३५ प्रतिशतले बढ्दा अन्य सबै उपसूचक घटे । आज हाइड्रोपावर उपसूचक सर्वाधिक २.२४ प्रतिशतले घट्दा माइक्रोफाइनान्स १.९७ प्रतिशत र लगानी उपसूचक १.८५ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको