Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आईपीओ ७.३९ गुणाले ओभरसब्सक्राइब्ड

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, १८ : ११ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आईपीओ ७.३९ गुणाले ओभरसब्सक्राइब्ड

पुस २५ गतेदेखि वैदेशिक रोजगारमा गएका नेपालीका लागि खुलाइएको सर्वोत्तम सिमेन्टको आईपीओमा हालसम्म ७.३९ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि दुई लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेकोमा ३० हजार ६ सय ४३ जनाले १९ लाख ७४ हजार एक सय ४० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले प्रतिकित्ता ३६०.९ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।

कम्पनीको कुल जारी पुँजीको १२.९०३३ प्रतिशतले हुने ६० लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट जारी गर्न अनुमति पाएको थियो । यसमध्ये कम्पनीले ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिसकेको छ । त्यसबाहेक वैदेशिक रोजगारमा रहेका नेपालीलाई २ लाख ६७ हजार कित्ता र स्थानीयबासीलाई ९ लाख ३० हजार कित्ता आइपिओ अहिले निष्कासन गरिएको हो ।

आइपिओमा माघ १० गते सम्ममा आवेदन दिन सकिनेछ । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ भने कम्पनी उत्पादन सेक्टरको रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको