Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गलबार नेप्सेमा झिनो गिरावट, कारोबार पनि घट्दै

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, १५ : १३ मा प्रकाशित

मङ्गलबार नेप्सेमा झिनो गिरावट, कारोबार पनि घट्दै

अघिल्ला चार कारोबार दिन पनि घटेको सेयरबजारमा मङ्गलबार झिनो अङ्कको गिरावट आएको छ । २२०० विन्दु छोएपछि बजारमा लगातार ओरालो यात्रा लाग्दै आएको छ ।

सोमबार ३१.४९ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप ०.४ अङ्कले घटेर २०९८.२९ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ६ अर्ब ३६ करोड ६० लाख ७० हजार तीन रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा चन्द्रागिरी हिल्स, नेपाल ल्युब आयल र एनएमबि लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा मिडसोलु, गुराँस लघुवित्त, अप्पर स्याङ्गे, आशा लघुवित्त र हिमालयन पावर पार्टनर रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ४.७४ प्रतिशतले बढ्दा ननलाइफ उपसूचक ०.७३ प्रतिशत र अन्य समूहको उपसूचक ०.५६ प्रतिशत बढ्यो । आज ट्रेडिङ उपसूचक सर्वाधिक ०.८६ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स उपसूचक ०.६६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.५८ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको