Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली अमेरिकन डलरसहित दुई पक्राउ

अर्थ संसार

मंगलबार, ०९ माघ २०८०, २१ : १२ मा प्रकाशित

नक्कली अमेरिकन डलरसहित दुई पक्राउ

नक्कली अमेरिकन डलरको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ ८ गते साँझ ५ बजे काठमाडौँको टोखा नगरपालिका वडा नं.१० गोंगबु नर्थ क्याफे नजिकैबाट ५० डलरका १७० थान नोटसहित दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रोल्पाको थवाङ-३ घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५० वर्षीय कमल बुढा र नवलपरासीको कावासोती-३ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. १० नेपालटार बस्ने २९ वर्षीय कमल भट्टराई रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी मुद्रा सम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको