Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रा छैटौं दिन पनि कायमै, बुधबार दोहोरो अङ्कले घट्यो बजार

अर्थ संसार

बुधबार, १० माघ २०८०, १५ : १२ मा प्रकाशित

नेप्सेको ओरालो यात्रा छैटौं दिन पनि कायमै, बुधबार दोहोरो अङ्कले घट्यो बजार

अघिल्ला पाँच कारोबार दिनसम्म घटेको सेयरबजारमा बुधबार थप दोहोरो अङ्कको गिरावट आएको छ । २२०० विन्दु छोएपछि बजारले लगातार ओरालो यात्रा समाएको छ ।

सोमबार ०.४ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप १०.२५ अङ्कले घटेर २०८८.०४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा चन्द्रागिरी हिल्स र मिडसोलु हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । बुधबार सर्वाधिक गुमाउनेमा तेह्रथुम पावर, एनएमबि लघुवित्त र सिवाइसी लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज म्युचुअल फन्ड उपसूचक सर्वाधिक ०.१४ प्रतिशतले बढ्दा बैंकिङ समूहको उपसूचक ०.०९ प्रतिशतले बढ्यो । आज लगानी उपसूचक सर्वाधिक १.६५ प्रतिशतले घट्दा हाइड्रोपावर उपसूचक १.२७ प्रतिशत र ट्रेडिङ उपसूचक १.०८ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको