Like us!
Follow us!
Connect us!
Watch us!

लगातार सातौं दिन घट्यो नेप्से, कारोबार सम्हालिदै

अर्थ संसार

विहीबार, ११ माघ २०८०, १५ : ११ मा प्रकाशित

लगातार सातौं दिन घट्यो नेप्से, कारोबार सम्हालिदै

अघिल्ला ६ कारोबार दिनसम्म घटेको सेयरबजारमा बिहीबार थप चार अङ्कको गिरावट आएको छ । २२०० विन्दु छोएपछि बजारले लगातार ओरालो यात्रा समाएको हो । बजारसँगै कारोबारमा लगातार गिरावट आउँदै गरेकोमा बिहीबार कारोबार भने सम्हालिएको छ ।

बुधबार १०.२५ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप ३.९४ अङ्कले घटेर २०८४.०९ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा साम्लिङ पावर, इन्फिनिटी लघुवित्त र मिडसोलु हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । बुधबार सर्वाधिक गुमाउनेमा तेह्रथुम पावर, धौलागिरी लघुवित्त र माहुली लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज ट्रेडिङ उपसूचक सर्वाधिक ०.५२ प्रतिशतले बढ्दा बैंकिङ समूहको उपसूचक ०.१९ प्रतिशतले बढ्यो । आज होटल एन्ड टुरिजम उपसूचक सर्वाधिक १.०३ प्रतिशतले घट्दा लगानी उपसूचक ०.६२ प्रतिशत र अन्य उपसूचक ०.५५ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको