Like us!
Follow us!
Connect us!
Watch us!

बजार लगातार २२०० बाट झर्नुको प्रमुख कारण के हो?

प्रसिद्ध खनाल

अर्थ संसार

शुक्रबार, १२ माघ २०८०, ०७ : ५७ मा प्रकाशित

बजार लगातार २२०० बाट झर्नुको प्रमुख कारण के हो?

१. उधारो कारोबार 

बजारमा अहिले ट्रडेरहरु हाबी रहेका छन्। उनीहरु आफ्नो लगानीको पैसा भन्दा २ -३ गुणा बढी  ब्रोकरको लिमिट लिएर कारोबार गरि रहेका छन्।  ब्रोकरले पनि ३ दिन देखि हप्ता दिन सम्मको लागि उधारो दिने गरेको पाईएको छ। जसले गर्दा  ट्रडेरलाई फाइदा होस् या घाटा, सेयर बेच्नै पर्ने बाध्यताका कारण पनि बजार दिगो हुन् सकेको छैन। र यसरी बजार दिगो हुदैन पनि। 

२.राम्रा कम्पनीका सेयर रोक्का गर्दै, जस्ता पनि कम्पनीमा ट्रेड 

बजारमा अहिलेको ट्रेण्ड अनुसार आधारभूत राम्रा कम्पनी बैंकमा रोक्का राख्दै कमाई कम भएका वा केहि  मुनाफा दिन नसक्ने कम पुँजी र कम कित्ता भएका कम्पनीमा ट्रेड गर्ने चलन निकै नै बढेको छ।  जसका कारण पनि नेप्से माथिलो विन्दुमा पुगेर टिक्न सकिरहेको छैन। 

३. आधारभूत रुपमा कमजोर कम्पनी बढ्ने र छिटो छिटो प्रोफिट बुकिङ्ग 

जब बजारमा आधारभूत रुपमा कमजोर कम्पनी बढ्छ। प्रोफिट बुकिङ्ग पनि छिटो छिटो हुने गर्छ । यस्ता कम्पनीलाई लामो समय होल्ड गर्छु भनेर कसैले पनि किनेका हुदैँनन। ट्रडेरको पनि नाफा देखिने बित्तिकै नाफा बुक गरेर निकस्किने सोच हुन्छ । घाटा भएपनि बेच्ने (स्टप लस) गर्ने गरिन्छ।  

४.हल्लाको पछि दौडिने प्रवृति 

धेरै जसो लगानीकर्ता बजारलाई बुझेर, अध्ययन गरेर पढेर , आफैँ केहि  सिकेर भन्दा पनि अर्काको लहि लहिमा लागेर लगानी गर्ने प्रवृत्ति रहेको छ। अरुको बोलिको भरमा न कुनै अध्ययन र बिना विश्लेषण आफ्नो पैसा बजारमा धेरै जनाले हाल्ने गरेका छन् । बढेपछि बढेको बढेकै हुन्छ र घटेपछि घटेको घटेकै हुन्छ भन्ने सोच धेरै जनामा  रहेको पाइन्छ।

अन्तमा, बजारको सुन्दरता भनेकै घट बढ नै हो। तेसैले, सेयरबाट धैर्य हुनेले राम्रो पैसा कमाउने क्षेत्र हो। मार्केटको ट्रेण्ड अनुसार चल्न पर्छ । आफ्नो लगानीमा आफुलाई विश्वास हुन पर्छ। सेयरबजारको मुल मन्त्र भनेकै धैरेता हो किनकिशिखर चुम्ने सपना छ भने सानो तिनो  उत्तारचडावलाई खप्नसक्नुपर्छ। प्रतिक्षाको फल अवश्य पनि मिठो हुन्छ। 


लेखक खनाल युवा लगानीकर्ता हुन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको