Like us!
Follow us!
Connect us!
Watch us!

अनन्त: दोहोरो अङ्कले बढ्यो सेयरबजारमा, कारोबारमा पनि वृद्धि

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १५ : ११ मा प्रकाशित

अनन्त: दोहोरो अङ्कले बढ्यो सेयरबजारमा, कारोबारमा पनि वृद्धि

अघिल्ला सात कारोबार दिनसम्म घटेको सेयरबजारमा आइतबार दोहोरो अङ्कको वृद्धि भएको छ । २२०० विन्दु छोएपछि लगातार ओरालो यात्रा समाएको हो बजार आइतबार भने २०७५ विन्दुबाट फर्किएको हो ।

बिहीबार ३.९४ अङ्कले घटेर बन्द भएको सेयरबजार आज भने १०.३७ अङ्कले बढेर २०९४.४६ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार पाँच सय ५० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार पाँच सय ८० रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा साम्लिङ पावर, माथिल्लो मैलुङखोला लघुवित्त र मिडसोलु हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । बुधबार सर्वाधिक गुमाउनेमा चन्द्रागिरी हिल्स, इन्फिनिटी लघुवित्त र मनकामना स्मार्ट लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.३३ प्रतिशतले बढ्दा अन्य समूहको उपसूचक १.३२ प्रतिशतले बढ्यो । आज होटल एन्ड टुरिजम उपसूचक सर्वाधिक १.८६ प्रतिशतले घट्दा उत्पादन उपसूचक ०.४९ प्रतिशत र बैंकिङ उपसूचक ०.०९ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको