Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १० वर्ष पुरा, पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १७ : ५५ मा प्रकाशित

एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १० वर्ष पुरा, पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । 

एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको यो १०औं वर्ष हो । यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्ने एनसेलले जनाएको छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आईकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरु र अन्य पाहुनाहरुको उपस्थितीमा प्रदान गरिएको थियो ।  

यस वर्ष अर्थात २०८० का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्शीयल अफिसर उमेर मोहसिन र एक्टिङ् चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सँगको सहकार्यमा युवा र विद्यार्थीलाई आफ्नो उत्कृष्टताका लागि प्रोत्साहन प्रदान गर्ने यो कार्यक्रम गर्न पाएकोमा गौरवान्वित भएको बताए । उनले नयाँ पुस्तालाई सशक्त बनाउने एक जिम्मेवारी मात्र नभएर प्रतिबद्धता पनि भएको उल्लेख गर्दै यसले नवीनता, प्रगति र सकारात्मक परिवर्तनलाई बढावा दिमे बताए ।

त्यसैगरी एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. जोशीले भने, “हाम्रा विद्यार्थीहरूले पढाईमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा समेत हासिल गरेको उपलब्धिका बारेमा सम्झन चाहन्छु । उनीहरुले देश बाहिरपनि धेरै महत्त्वपूर्ण कार्यहरुमा योगदान दिइरहेका छन् र पूर्व विद्यार्थीहरूको सफलताका कथाहरू सुन्न पाउँदा खुसी लाग्छ ।" एनसेल छात्रवृत्ती तथा उत्कृष्टताबाट सम्मानित हुने सबै विद्यार्थीहरुलाई  बधाई दिँदै उनीहरुको उपलब्धिहरूमा गर्व गर्ने उनले बताए । जोशीले विगत एक दशकदेखि विद्यार्थीहरूलाई प्रदान गरेको सम्मान र सहयोगका लागि एनसेलप्रति आभारी रहेको उल्लेख गरे ।

यसै अवसरमा पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई लगातार १० वर्षसम्म एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेकोमा एनसेललाई सम्मान स्वरुप इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसले कदरपत्र प्रदान गरको छ । २०७१ सालबाट शुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको एनसेलको भनाई छ । प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनियरिङ्ग पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् ।

कुल १८ जना मध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक-एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् । यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १-१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछन् । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको