Like us!
Follow us!
Connect us!
Watch us!

श्वेत गङ्गा हाइड्रोको साढे ३८ लाख कित्ता संस्थापक सेयरको लकइन अवधि सकिँदै

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १० : २१ मा प्रकाशित

श्वेत गङ्गा हाइड्रोको साढे ३८ लाख कित्ता संस्थापक सेयरको लकइन अवधि सकिँदै

श्वेत गङ्गा हाइड्रोको साढे ३८ लाख कित्ता भन्दा बढी संस्थापक सेयरको लकइन खुल्ने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीमध्येका विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट-१ का प्रतिनिधिले सञ्चालक पदबाट राजीनामा दिएका हुनाले सेयरधनीले धारण गरेको ३८ लाख ५१ हजार कित्ता सेयरको लकइन समय फागुन २ गते समाप्त हुने जनाएको हो । उल्लेखित सञ्चालकले २०७९ फागुन ३ गते सञ्चालक समितिबाट राजीनामा दिएको कम्पनीले जनाएको छ ।

धितोपत्र बोर्डले सञ्चालक समितिमा रहेका संस्थापकहरुले धारण गरेको सेयरलाई सञ्चालक समितिबाट राजीनामा दिएको एक वर्षसम्म लकइन अवस्थामा रहने नियम लागू गरेको छ । सोही लकइन अवधि सकिएसँगै उक्त परिमाणको सेयरको लकइन खुलेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको