Like us!
Follow us!
Connect us!
Watch us!

उधारो कारोबारीलाई सात दिन टक्टक्याएपछि लयमा आउँदै सेयरबजार

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १२ : ५५ मा प्रकाशित

उधारो कारोबारीलाई सात दिन टक्टक्याएपछि लयमा आउँदै सेयरबजार

लगातार सात घटेको सेयरबजार आइतबारदेखि भने पुन: लयमा फर्कन थालेको छ ।

बढ्दो बजारमा उधारो कारोबार बढ्दै गएको प्राय ब्रोकरले गुनासो गरेका थिए । खासगरी औसत भन्दा उच्च कारोबार हुने दिनहरुमा उधारो कारोबार उच्च हुने गरेको ब्रोकरहरुको भनाई छ । यसपटक पनि माघ २ र ३ गते कारोबार आठ अर्ब देखि ९.८६ अर्ब पुग्दै गर्दा औसत भन्दा कारोबार उच्च हुन थालेको थियो ।

उधारोमा सेयर किन्ने र बढ्दो बजारमा बेच्दै तिर्दै जाने कारोबारीहरुको रणनीति बजार बढ्दासम्म मात्रै काम गर्नेगर्दछ । तर जब बजार घट्न थाल्छ उधारो कारोबार होल्डमा बसिदिँदा ब्रोकरलाई नै समस्या पर्ने गरेको छ । यसरी बजार घट्दा र ब्रोकरले भुक्तानीको दबाब दिँदा सस्तै मूल्यमा पनि सेयर बेच्न कारोबारी बाध्य हुने हुँदा यसपटक सात दिनसम्म बजार लगातार घटेको जानकारहरु बताउँछन् ।

यस्तो उधारो कारोबार सीमित हुने हुँदा उधारो सेटल भएसँगै बजारले आइतबारदेखि उकालो बाटो समातेको अनुमान गरिएको छ । सोमबार दुई घन्टामा पौने दुई अर्बको कारोबार भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको