Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार पनि दोहोरो अङ्कले बढ्यो सेयरबजार, कारोबारमा पनि वृद्धि

अर्थ संसार

सोमबार, १५ माघ २०८०, १५ : १७ मा प्रकाशित

सोमबार पनि दोहोरो अङ्कले बढ्यो सेयरबजार, कारोबारमा पनि वृद्धि

सेयरबजारमा सोमबार पनि दोहोरो अङ्कको वृद्धि भएको छ । २२०० विन्दु छोएपछि लगातार ओरालो यात्रा समाएको बजार आइतबार भने २०७५ विन्दुबाट फर्किएको थियो ।

आइतबार १०.३७ अङ्कले बढेर बन्द भएको सेयरबजार आज भने १०.२६ अङ्कले बढेर २१०४.७२ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार पाँच सय ८० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिडसोलु हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउनेमा चन्द्रागिरी हिल्स, माहुली लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र मिर्मिरे लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य २ प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य सर्वाधिक १.६४ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको उपसूचक १.०८ प्रतिशतले बढ्यो । आज ननलाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक ०.११ प्रतिशतले घट्दा लघुवित्त उपसूचक ०.०५ प्रतिशत र बैंकिङ उपसूचक ०.०६ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको