Like us!
Follow us!
Connect us!
Watch us!

लगातार तेस्रो दिन बढ्यो सेयरबजारमा, कारोबारमा पनि वृद्धि

अर्थ संसार

मंगलबार, १६ माघ २०८०, १५ : ३२ मा प्रकाशित

लगातार तेस्रो दिन बढ्यो सेयरबजारमा, कारोबारमा पनि वृद्धि

सेयरबजारमा मङ्गलबार पनि दोहोरो अङ्कको वृद्धि भएको छ । २२०० विन्दु छोएपछि लगातार ओरालो यात्रा समाएको बजार आइतबार भने २०७५ विन्दुबाट फर्किएको थियो ।

सोमबार १०.२६ अङ्कले बढेर बन्द भएको सेयरबजार आज पनि १४.८८ अङ्कले बढेर २११९.६१ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार दुई सय ३० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा रावा इनर्जी, चन्द्रागिरी हिल्स र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा मिडसोलु हाइड्रो र गुराँस लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य समूहको उपसूचक सर्वाधिक ३.५६ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको उपसूचक १.७६ प्रतिशतले बढ्यो । आज लघुवित्त उपसूचक सर्वाधिक ०.३० प्रतिशतले घट्दा बैंकिङ उपसूचक ०.१७ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको