Like us!
Follow us!
Connect us!
Watch us!

जुवाखालबाट साढे १३ लाख नगदसहित ११ पक्राउ

अर्थ संसार

मंगलबार, १६ माघ २०८०, १८ : ०६ मा प्रकाशित

जुवाखालबाट साढे १३ लाख नगदसहित ११ पक्राउ

होटलमा कोठा नै भाडामा लिएर जुवा खेलिरहेका ११ जनालाई साढे १३ लाखभन्दा बढी रकमसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ १५ गते राति २२:०५ बजेको काठमाडौंको वडा नं. २६ ज्याठास्थित अमला रोका मगरले सञ्चालन गरेको होटल भियानाको कोठा नं. ६१२ मा जुवा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । लिला डाँगीको नाममा भाडामा लिइएको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले १३ लाख ६२ हजार पाँच सय नगद तथा चार बुक तास बरामद गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं गो. न.पा. वडा नं. ६ जोरपाटी  बस्ने ५४ वर्षीय अरुण घिमिरे, काभ्रेपालाञ्चोक घर भएका ४४ वर्षीय हरिबोल खनाल, चितवन घर भएको ४१ वर्षीय दिपक गुरुङ, काभ्रेपलाञ्चोक घर भएका २८ वर्षीय किशोर अधिकारी, नुवाकोट घर भएको ४४ वर्षीय कृष्ण बहादुर राई, नुवाकोट घर भएको २८ वर्षीय शंकर शाही, रुपन्देही घर भएको २६ वर्षीय घनश्याम शर्मा र नुवाकोट घर भएको ३० वर्षीय राजु पन्त रहेका छन् । यसैगरी रोल्पा घर भएको ३६ वर्षीय लिला डाँगी, बाँके घर भएको ४० वर्षीय मेघनाथ बुचबन्दिया र गोरखा घर भएको ३५ वर्षीय अर्जुन गुरुङ पनि पक्राउ परेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको