Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो त्रैमाससम्म नबिल, एनआईसी एसिया, एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक मध्ये कुन अब्बल ? हेर्नुहोस् तुलनात्मक विश्लेषण

अर्थ संसार

बुधबार, १७ माघ २०८०, ०८ : ०७ मा प्रकाशित

दोस्रो त्रैमाससम्म नबिल, एनआईसी एसिया, एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक मध्ये कुन अब्बल ? हेर्नुहोस् तुलनात्मक विश्लेषण

हाल सञ्चालनमा रहेका सबै वर्ग 'ए' का बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक रिपोर्ट प्रकाशित गरिसकेका छन् । यिनैमध्ये दोस्रो बजारमा उच्च मूल्यमा कारोबार भइरहेका नबिल, एनआईसी एसिया, एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक मध्ये कुन बैंकले अब्बल रिपोर्ट निकाल्न सफल भए त ?

हेर्नुहोस् तुलनात्मक विश्लेषण :

खुद नाफा : दोस्रो त्रैमाससम्म खुद नाफा हेर्ने हो भने नबिल बैंक शीर्ष स्थानमा रहेको छ । नबिल बैंकले दोस्रो त्रैमासम्म तीन अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी दोस्रो स्थानमा एनआइसी एसिया बैंकले एक अर्ब ९० करोड खुद नाफा कमाएको छ । तेस्रो स्थानको स्ट्यान्डर्ड चार्टर्डले एक अर्ब ७२ करोड तथा चौथो स्थानको एभरेस्ट बैंकले एक अर्ब ७१ करोड नाफा कमाएका छन् ।

इपिएस : प्रति सेयर आम्दानीका हिसाबले हेर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्र स्थानमा रहेको छ । उक्त बैंकको इपिएस ३६.६२ रुपैयाँ रहेको छ । यसगरी दोस्रो स्थानमा एभरेस्ट बैंक रहेको छ जसको इपिएस २९.१२ रुपैयाँ रहेको छ । तेस्रो स्थानको एनआईसी एसियाको इपिएस २५.५९ हुँदा नबिल बैंकको इपिएस २३.७४ रुपैयाँ रहेको छ । मर्जर पछि उच्च पुँजी हुँदा नबिलको इपिएस प्रभावित भएको हो ।

प्रति सेयर नेटवर्थ : नेटवर्थ भनेको कुनै पनि कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएर बाकिँ रहेको सम्पत्तिलाई प्रति सेयर बाँडफाँड गर्दा हुन आउने रकम हो । नेटवर्थका हिसाबले हेर्दा एभरेस्ट बैंक अग्र स्थानमा रहेको छ । उक्त बैंकको नेटवर्थ २१९.५७ रुपैयाँ रहेको छ । यसैगरी दोस्रो स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ जसको नेटवर्थ २०५.५८ रुपैयाँ रहेको छ । तेस्रो स्थानको एनआईसी एसियाको नेटवर्थ २०५.१० हुँदा चौथो स्थानको नबिल बैंकको नेटवर्थ २०४.४४ रुपैयाँ रहेको छ ।

पिई रेसियो : प्रति सेयर आम्दानीसँगै भ्यालु इन्भेस्टरले सबैभन्दा धेरै ध्यान दिने पिई रेसियो भनेको कुनै पनि सेयरको मूल्य र त्यसले दिनसक्ने आम्दानीको अनुपात हो । जति कम मूल्य आम्दानी अनुपात रहन्छ उति नै लगानीकर्ताले थोरै खर्चमा धेरै आम्दानी गर्नसक्छन् । यहाँ  गत बिहीबारको अन्तिम मूल्य हेरेर अद्यावधिक पिई रेसियो निर्धारण गरिएको छ । पिई रेसियोका हिसाबले हेर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर नै सबैभन्दा डिस्काउन्टेड मूल्यमा बिक्री भईरहेको छ । उक्त बैंकको मूल्य आम्दानी अनुपात १४.६९ गुणा रहेको छ । यसैगरी एभरेस्ट बैंकको मूल्य आम्दानी अनुपात दोस्रो न्यून अर्थात १८.२० गुणा रहेको छ भने एनआईसी एसियाको मूल्य आम्दानी अनुपात १८.७५ र नबिलको सर्वाधिक २०.५५ गुणा मूल्य आम्दानी अनुपात रहेको छ । 

एनपिएल : राष्ट्र बैंकको कडा नियमनका कारण बैंकहरुको आम्दानीको ठूला हिस्सा नन पर्फमिङ एसेटको प्रोभिजनिङमा खर्च भएको छ । उल्लेखित चार बैंकमध्ये सबैभन्दा उच्च एनपिएल भएको बैंकमा स्ट्यान्डर्ड चार्टर्ड रहेको छ । उक्त बैंकको कुल कर्जा लगानीको १.६ प्रतिशत एनपिएल रहेको छ । यसैगरी नबिल बैंकको १.२ प्रतिशत एनपिएल रहेको छ भने एनआईसी एसियाको १.१९ प्रतिशत र एभरेस्ट बैंकको ०.७७ प्रतिशत खराब कर्जा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको