Like us!
Follow us!
Connect us!
Watch us!

मंसिरमा आइपिओ जारी गरेको निकालेको नेपाल वेयरहाउजिङको घाटा २०८% बढ्यो, खर्च १२२%ले बढयो

अर्थ संसार

बुधबार, १७ माघ २०८०, ०८ : ४० मा प्रकाशित

मंसिरमा आइपिओ जारी गरेको निकालेको नेपाल वेयरहाउजिङको घाटा २०८% बढ्यो, खर्च १२२%ले बढयो

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । त्रैमाससम्म कम्पनीको घाटा अझै थपिएको छ। 

खुद घाटा 

समीक्षा अवधिमा यस कम्पनीको घाटा अझै थपिएको छ। दोस्रो त्रैमास सम्म घाटा बढेर ९ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत असारसम्म कम्पनीले २ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। घाटा २०८ प्रतिशतले बढेको देखिन्छ ।

सञ्चालन आम्दानी

कम्पनीको सञ्चालन आम्दानी भने बढेको देखिन्छ। यस त्रैमास सम्म संचालन आम्दानी बढेर ६६ लाख १० हजार रुपैयाँ भएको छ। जुन १४४.९३ प्रतिशतले बढेको हो। गत असारसम्म कम्पनीको सञ्चालन आम्दानी २६ लाख ९८ हजार रुपैयाँ थियो। तेस्तै,अन्य आम्दानी पनि घटेको छ। यस त्रैमास सम्म अन्य आम्दानी  ७ हजार रुपैयाँमा सीमित देखिन्छ । गत असारसम्म अन्य आम्दानी ५ लाख ४७ हजार रुपैयाँ थियो। 

खर्च 

कम्पनीको खर्च दोस्रो त्रैमाससम्ममा ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।जुन अहिले १२२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीको खर्च ४ करोड ४२ लाख रहेको थियो। 

चुक्तापुँजी
६८ करोड ७५ लाख रुपैयाँ  

अन्य इक्विटी
१५ करोड २७ लाख रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी (ईपीएस)
१३.४ रुपैयाँले ऋणात्मक

पीई रेसियो
५९.०५ प्रतिशत

प्रति सेयर नेटवर्थ
९७.२३ रुपैयाँ

यस कम्पनीले सर्वसाधारणका लागि मंसिर १०-१३ गते सम्म आईपीओ निष्काशन खुला गरेको थियो।   कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्य कम्पनीले पहिलो चरणमा  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरेको छ भने २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका र ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।यस बाँडफाँट पछि बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले १०० रुपैयाँका दरले अब सर्वासाधरणलाई खुलाएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको