Like us!
Follow us!
Connect us!
Watch us!

तीन दिन लगातार बढेको नेप्से आज रिभर्स मोडमा, दोहोरो अङ्कले घट्यो सेयरबजार

अर्थ संसार

बुधबार, १७ माघ २०८०, १५ : २५ मा प्रकाशित

तीन दिन लगातार बढेको नेप्से आज रिभर्स मोडमा, दोहोरो अङ्कले घट्यो सेयरबजार

अघिल्ला तीन दिनसम्म लगातार बढेको सेयरबजारमा बुधबार दोहोरो अङ्कको गिरावट आएको छ । आइतबार २०७५ विन्दुबाट बढ्न थालेको सेयरबजार २१३० अङ्कसम्म बढेको थियो ।

बुधबार १४.८८ अङ्कले बढेर बन्द भएको सेयरबजार आज भने २१.६७ अङ्कले घटेर २०९७.९३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५ सय ९३ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा साम्लिङ पावर, मन्दकिनी हाइड्रो र पिपल्स पावर रहे । ती कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा अप्पर स्यांगे हाइड्रो, मेन्छियाम हाइड्रो र स्वाभिमान लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन समूहको उपसूचक मात्रै ०.१४ प्रतिशतले बढ्न सक्यो । आज होटल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक २.०४ प्रतिशतले घट्दा विकास बैंक उपसूचक १.९३ प्रतिशतले र फाइनान्स उपसूचक १.९१ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको