Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा भारी गिरावट, दुई दिनमै ५० अङ्क बढीले घट्यो नेप्से

अर्थ संसार

विहीबार, १८ माघ २०८०, १५ : ०९ मा प्रकाशित

सेयरबजारमा भारी गिरावट, दुई दिनमै ५० अङ्क बढीले घट्यो नेप्से

सेयरबजारमा बिहीबार दोहोरो अङ्कको गिरावट आएको छ । यस साता आइतबारदेखि तीन दिनसम्म लगातार बढेको सेयरबजारमा त्यसपछिका दुई दिनमा भने ५० अङ्कको गिरावट आइसकेको छ ।

बुधबार २१.६७ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप ३०.९२ अङ्कले घटेर २०६७.०१ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ४ अर्ब १८ करोड ६ लाख ३२ हजार एक सय ३९ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा समाज लघुवित्त र रावा इनर्जी रहे । ती कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा सामलिङ पावर, मिड सोलु हाइड्रो, मोलुङ हाइड्रो र थ्रीस्टार हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

आज फाइनान्स समूहको उपसूचक मात्रै ०.२१ प्रतिशतले बढ्न सक्यो । आज हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक २.३५ प्रतिशतले घट्दा अन्य समूहको उपसूचक २ प्रतिशतले र उत्पादन उपसूचक १.३३ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको