Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत उत्पादन नथालेको इङ्ग्वा हाइड्रोको घाटा बढ्यो, नेटवर्थ कति?

अर्थ संसार

शुक्रबार, १९ माघ २०८०, १० : ५७ मा प्रकाशित

विद्युत उत्पादन नथालेको इङ्ग्वा हाइड्रोको घाटा बढ्यो, नेटवर्थ कति?

इङ्ग्वा हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत उत्पादन शुरु नहुँदा कम्पनीको घाटामा वृद्धि भएको छ ।

खुद नाफा/घाटा
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद घाटामा वृद्धि भएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा ८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा ५५ हजार रुपैयाँ रहेको थियो ।

प्रति सेयर आम्दानी
(०.२७)

मूल्य आम्दानी अनुपात
(१२७०) गुणा (अन्तिम मूल्य ३४२.९ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ
 ९८.३० रुपैयाँ

चुक्ता पूँजी
६० करोड रुपैयाँ

जगेडा कोष
एक करोड १ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ९.७ मेगावाटको अप्पर इङ्ग्वा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको