Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सका संचालक देखि सेयरधनीलाई आज एक्दमै महत्त्वपूर्ण दिन

अर्थ संसार

आइतबार, २१ माघ २०८०, ०८ : २१ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सका संचालक देखि सेयरधनीलाई आज एक्दमै महत्त्वपूर्ण दिन

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (माघ २१ ) गते अन्तिम दिन रहेको छ।कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस अनुसार आज नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।

कहिले हो साधारणसभा ?

कम्पनीले आफ्नो ३० औं वार्षिक साधारण सभा फागुन ६ गते आइतबार काठमाडौँ शंखमुलमा रहेको अनमोल ब्याङकेटमा बिहान ११ बजे डाकेको छ। 

यस्तो छ लाभांश प्रस्ताव 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १० दशमलव ८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको १० दशमलव २६१२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गर्ने संचालक समितिले घोषणा गरेको थियो । कम्पनीको सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

अरु के के छन् प्रस्ताव ?

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने तय गरिएको छ। 

तेस्तै सभाले साविक अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने भनेको छ।

यी बाहेक सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आर्थिक वर्ष २०८०/८१ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

तेस्तै,सभाले समूह क का संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा समूह “ख” का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद २ जनाको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने पनि कार्यक्रम रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको