युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्। कम्पनी स्रोतका अनुसार गौतमले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन्।
कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले जानकारी दिएअनुसार सञ्चालक समितिको माघ ४ गते सम्पन्न बैठकले गौतमको राजीनामालाई मंसिर ५ गतेदेखि लागू हुने गरी स्वीकृति प्रदान गरेको हो। गौतमलाई कम्पनीले २०८१ मंसिर २६ गते प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको थियो। उनले करिब एक वर्षसम्म कम्पनीको कार्यकारी नेतृत्व सम्हालेका थिए।
गौतमको बहिर्गमनसँगै कम्पनीको दैनिक व्यवस्थापन निरन्तरता दिन नायब प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ। कम्पनीले औपचारिक प्रक्रिया पूरा गर्दै नेतृत्व हस्तान्तरण गरिएको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस