Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सकोे विशेष साधारणसभाले गर्यो हकप्रद अनुमोदन

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, ०८ : २७ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सकोे विशेष साधारणसभाले गर्यो हकप्रद अनुमोदन

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा जेठ ३१ गते बिहीबार सम्पन्न भएको छ। आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगालमा सम्पन्न भएको विशेष साधारणसभाले हकप्रद  सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। 

सभाले हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी रु.२,१०,००,००,०००।–(अक्षरेपी दुई अर्व दश करोड) को १५% अर्थात प्रत्येक १०० कित्ता सेयर बारबार कित्ताको दरले हकप्रद सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गर्यो। 

हकप्रद सेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि भई रु.२,४१,५०,००,०००।–(अक्षरेपी दुई अर्व एकचालिस करोड पचास लाख) पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरेको छ। 

यस बाहेक कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपात बमोजिम संचालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने अनुमोदन गरेको छ। 

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या २,०२,६१८ (दुई लाख दुई हजार छ सय अठार), बीमाशुल्क वापत रु.२,३६,७८,७७,९३९।–(अक्षरेपि दुई अर्व छत्तीस करोड अठहत्तर लाख सतहत्तर हजार नौ सय उन्नचालिस) आर्जन गरि तेस्रो त्रैमाससम्म रु.२७,४२,२४,२१५।–    (अक्षरेपि सताइस करोड बयालिस लाख चौविस हजार दुई सय पन्ध्र) खुद नाफा आर्जन गरेको बताए  । 

उनले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोहि अवधिमा ८,१८१ (आठ हजार एक सय एकासी) वटा दावीको रकम रु.१,२६,६४,९४,५६८।– (अक्षरेपि एक अर्व छविस करोड चौसठ्ठी लाख चौरानब्बे हजार पाँच सय अरसठ्ठी) दाबी भुक्तानी गरेको र कोभिड बीमा दाबी बाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या ३,७३७ (तीन हजार सात सय र्सैतीस) कायम गर्न सफल भएको जानकारी दिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको