Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार घट्दै जाँदा सेयरबजारमा उत्साह कम, आइतबार पनि ५.३१ अङ्कको गिरावट

अर्थ संसार

आइतबार, २१ माघ २०८०, १५ : १० मा प्रकाशित

कारोबार घट्दै जाँदा सेयरबजारमा उत्साह कम, आइतबार पनि ५.३१ अङ्कको गिरावट

अघिल्लो साताको अन्तिम दुई कारोबार दिनमा  ५० अङ्कको गिरावट आएको सेयरबजार आज थप ओरालो लागेको छ ।

बिहीबार ३०.९२ अङ्कले घटेर बन्द भएको सेयरबजार आज थप ५.३१ अङ्कले घटेर २०६१.७० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब १८ करोड ६ लाख ३२ हजार एक सय ३९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा पनि गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, मोलुङ हाइड्रो र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा महिला लघुवित्त र रावा इनर्जी रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज विकास बैंक समूहको उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले बढ्दा नन लाइफ इन्स्योरेन्स ०.५१ र फाइनान्स उपसूचक ०.४० प्रतिशतले बढे । आज अन्य समूहको उपसूचक सर्वाधिक १.०४ प्रतिशतले घट्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक ०.५४ प्रतिशतले र होटल तथा पर्यटन उपसूचक ०.५१ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको