Like us!
Follow us!
Connect us!
Watch us!

एनटिसिमा सर्किटसँगै नेप्सेमा अस्वाभाविक उछाल, १४.५७ अङ्कले बढ्यो सेयरबजार

अर्थ संसार

सोमबार, २२ माघ २०८०, १५ : ०९ मा प्रकाशित

एनटिसिमा सर्किटसँगै नेप्सेमा अस्वाभाविक उछाल, १४.५७ अङ्कले बढ्यो सेयरबजार

अन्तिम समयमा नेपाल टेलिकमको सेयरमा सर्किट लागेसँगै सोमबार सेयरबजारमा अस्वाभाविक उछाल आएको छ ।

आइतबार ५.३१ अङ्कले घटेर बन्द भएको सेयरबजार आज भने १४.५७ अङ्कले घटेर २०७६.२७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ रुपैयाँ पुगेको छ । बजार बढेपनि आज कारोबार रकममा भने गिरावट भएको हो । आजको कुल कारोबार विगत दुई महिना यताकै न्यून हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा नेपाल टेलिकम, पिपल्स पावर, जोशी हाइड्रो र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा स्वाभिमान लघुवित्त र विशाल बजार कम्पनी रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य समूहको उपसूचक सर्वाधिक ४.६८ प्रतिशतले बढ्दा विकास बैंक ०.६५ र हाइड्रोपावर उपसूचक ०.५३ प्रतिशतले बढे । आज ननलाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक ०.४१ प्रतिशतले घट्दा उत्पादन समूहको उपसूचक ०.१ प्रतिशतले र होटल तथा पर्यटन उपसूचक ०.२० प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको