Like us!
Follow us!
Connect us!
Watch us!

नासा सेक्युरिटिजलाई सेयरकारोबारीले भने धन्यवाद

अर्थ संसार

सोमबार, २२ माघ २०८०, २१ : ३६ मा प्रकाशित

नासा सेक्युरिटिजलाई सेयरकारोबारीले भने धन्यवाद

आजको कारोबार बन्द हुनु २ मिनेट अगाडी नेप्से परिसूचक २०६३।५८ थियो। त्यस बेला नेप्से केबल २ अंकले बढिरहेको थियो। लगानीकर्ताहरु आज सोच्न थालेका थिए आज पनि नेप्से परिसूचक रातो नै भएर बन्द हुनेभो। 

तर जब ट्याक्क ३ बज्यो सेयरबजार कारोबारी चकित बने।  कारण थियो एकाएक नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६।२७ मा बन्द हुनु।  

३ बजे केहि दिन देखि चमक नभएका सेयर कारोबारीका अनुहारमा खुसी फर्किएको थियो। धेरैले त्यसपछि कसरी नेप्से अन्तिम मिनेटमा यत्रो बढ्यो भनेर फ्लोरसिट केलाउन थाले। 

सोमबारको सेयर कारोबारीलाई खुसी दिने ब्रोकर बनेको थियो नासा सेक्युरिटिज। ५८ नम्बर ब्रोकरले चिनिने नासा सेक्युरिटिज मार्फत अन्तिममा राम्रो भोल्युममा नेपाल टेलिकमको आक्रामक रूपमा किनियो जसका कारण टेलिकमको सेयर सकारात्मक सर्किट लाग्दै बन्द भन्यो। नेपाल टेलिकमको बजार पुंजीकरण धेरै हुने भएकाले यस कम्पनीको थोरै मात्र मूल्य थप घट हुँदा नेप्से इन्डेसमा सोझो प्रभाव पर्ने गर्छ। 

आज भयो पनि तेस्तै। ठुला कारोबारीको हब भनेर चिनेन नासा मार्फत ठुला कारोबारीले राम्रो फण्डामेन्टल मानिने नेपाल टेलिकममा आँखा लगाएको देखिने गरेर बजारलाई देखाउने कोसिस भयो। 

बजार अन्तिममा राम्रो अंकले बन्द हुँदा आज नासा सेक्युरिटिज धेरै लगानीकर्ताले धन्यवाद दिए। 

यसै सन्दर्भमा बजारका अनुभवी लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक संजालमा लेखका छन्,' सबै परिस्थिति सहज हुँदा हुँदै पनि सेयर बजारमा निराशा कायम भइ रहँदा कुनै एक कम्पनीले बजारमा उत्साहा कायम गराउँछ भने त्यसलाई सकारात्मक रूपमा लिनु पर्छ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको