Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घटेपनि एक वर्षमा दुई खर्ब २७ अर्बले बढ्यो बजार पुँजीकरण

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, १३ : ३९ मा प्रकाशित

नेप्से परिसूचक घटेपनि एक वर्षमा दुई खर्ब २७ अर्बले बढ्यो बजार पुँजीकरण

अघिल्लो आवको पुस मसान्तदेखि यस वर्षको पुस मसान्तसम्म सेयरबजारको कुल पुँजीकरण दुई खर्ब २७ अर्बले बढेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अघिल्लो आवको पुस मसान्तसम्म कुल बजार पुँजीकरण ३१ खर्ब ३ अर्ब १६ करोड रहेको थियो । यस वर्षको पुस मसान्तसम्म कुल बजार पुँजीकरण बढेर ३३ खर्ब ३० अर्ब ७५ करोड पुगेको छ । अघिल्लो पुस मसान्तमा नेप्से परिसूचक २१४९.३९ विन्दुमा रहेकोमा यस वर्षको पुस मसान्तमा परिसूचक २१२०.६२ कायम रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ को छ महिनामा रु.६४ अर्ब ९५ करोड बराबरको साधारण शेयर, रु.९ अर्ब ५३ करोड बराबरको बोनस शेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

यसैगरी सोही अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको