Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, १३ : ५७ मा प्रकाशित

घलेम्दी हाइड्रोको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

घलेम्दी हाइड्रोको निष्कासन गरेको १ बराबर २ अनुपातको हकप्रदमा आवेदन नपरेपछि लिलामीमा राखिएको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा ३२ लाख १७ हजार ७२४ कित्ता सेयर सेयरधनीले हालेका छैनन् । उक्त नबिकेको र अवितरित भएको हकप्रद सेयर कम्पनीले लिलाम बिक्री गर्ने लागिएको हो । कम्पनीले सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न माघ ९ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न मिति तोकेको थियो । 

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयर संख्याका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकेको छ । 

इच्छुक लगानीकर्ताले आज कार्यालय समय भित्र बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको