Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा सुधार आउँदै, २.५९ अर्बको कारोबार

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, १५ : १२ मा प्रकाशित

सेयरबजारमा सुधार आउँदै, २.५९ अर्बको कारोबार

मङ्गलबार सेयरबजारमा सामान्य वृद्धि भएको छ । 

सोमबार १४.५७ अङ्कले बढेर बन्द भएको सेयरबजार आज थप ९.४४ अङ्कले बढेर २०८५.७१ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात रुपैयाँ पुगेको छ । आज बजार बढे सँगै कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा समाज लघुवित्त, गुराँस लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स र दोर्दी हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा साम्लिङ पावर र नेपाल टेलिकम रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन समूहको उपसूचक सर्वाधिक १.०८ प्रतिशतले बढ्दा ननलाइफ इन्स्योरेन्स १.०७ र विकास बैंक उपसूचक ०.८६ प्रतिशतले बढे । आज अन्य समूहको उपसूचक सर्वाधिक ०.५५ प्रतिशतले घट्दा ट्रेडिङ उपसूचक ०.५४ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको