Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा अन्तिम प्रहार: आज कुन कुन स्क्रिप्टमा खेलिए खेल ?

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, १६ : ३४ मा प्रकाशित

सेयरबजारमा अन्तिम प्रहार: आज कुन कुन स्क्रिप्टमा खेलिए खेल ?

खासगरी नेपाली सेयर बजारमा कारोबार समयको अन्तिम प्रहरमा विभिन्न खेलमा चलखेल हुँदै आएका छन् । कुनै सेयरको भाउ उच्च मूल्यमा उचाल्नेदेखि डम्पिङसम्म अन्तिम प्रहरमा देखिँदै आएका खेलहरु हुन् । 

यसै सन्दर्भमा आम लगानीकर्तालाई यस्ता गतिविधि बारे जानकार गराउन अर्थसंसार टिमले अन्तिम प्रहर अपडेट दिने जमर्को गरेका छौ । सोमबार सेयरबजार ९.४४ अङ्कले बढेर २०८५.७१ विन्दुमा बन्द भएको छ । आज कारोबार रकम बढेर २ अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात रुपैयाँ पुगेको छ भने दुई कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीले बढ्दा एउटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज अन्तिम प्रहरमा चलखेल भएका सेयरहरुमा गुराँस लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् । गुराँस लघुवित्तको सेयर ब्रोकर ६२ मार्फत अन्तिम समयमा खरिद गरेर ८६६ रुपैयाँबाट ९७८ रुपैयाँ पुर्याइएको छ । सोही ब्रोकरमार्फत आज उक्त कम्पनीको सबैभन्दा धेरै ४३१३ कित्ता सेयर खरिद पनि भएको छ ।

यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सको सेयरभाउ पनि अन्तिम प्रहरमा उचालिएको छ । उक्त कम्पनीको सेयर ५६४ बाट बढाएर ५९५ मा क्लोजिङ गरिएको छ । ब्रोकर नम्बर ५८ मार्फत उक्त खरिद भएको हो । सोही ब्रोकरमार्फत आज उक्त कम्पनीको सबैभन्दा धेरै ७६९५ कित्ता सेयर खरिद पनि भएको छ ।

यसैगरी आज शुरूवात मै नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य पनि ड्राइभ गरिएको थियो । उक्त सेयरको मूल्य बजार खुले लगत्तै ब्रोकर ५८ मार्फत नै ७८७ बाट बढाएर ८५२ रुपैयाँसम्म पुर्याइएको थियो । नेप्सेको हाइक्याप मध्येको एक कम्पनी नेपाल रिइन्स्योरेन्स बढ्दा नेप्से इन्डेक्स पनि पहिलो १५ मिनेटमा उचालिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको