Like us!
Follow us!
Connect us!
Watch us!

अर्ना बियरले दियो नेपाली क्रिकेटलाई अत्याधुनिक बलिङ मेसिन

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, १९ : ०७ मा प्रकाशित

अर्ना बियरले दियो नेपाली क्रिकेटलाई अत्याधुनिक बलिङ मेसिन

अर्ना बियरले नेपाली क्रिकेटलाई अत्याधुनिक बलिङ मेसिन उपलब्ध गराएको छ ।

आज एक कार्यक्रमबीच नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई उक्त मेसिन हस्तान्तरण गरिएको थियो । मुलपानी क्रिकेट मैदानमा आयोजित कार्यक्रममा राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाईका साथै अर्ना बियरका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

अर्ना बियरले नेपाली क्रिकेट प्रबर्द्धनका लागि निरन्तर सहयोग गर्दै आएको छ । अर्ना बियरको उत्पादकमा यती ब्रुअरी रहेको छ । नेपाली क्रिकेटको विकासमा योगदान गर्ने अवसर दिने सबैमा कृतज्ञ रहेको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको