Like us!
Follow us!
Connect us!
Watch us!

न्यून कारोबारसँगै सुस्तायो सेयरबजार, के मार्केटमेकर बजारबाट निस्किएकै हुन् ?

अर्थ संसार

बुधबार, २४ माघ २०८०, १३ : ०९ मा प्रकाशित

न्यून कारोबारसँगै सुस्तायो सेयरबजार, के मार्केटमेकर बजारबाट निस्किएकै हुन् ?

केही दिन अघिसम्म दैनिक ५ देखि ६ अर्बको कारोबार हुँदै गरेकोमा बुधबार कारोबारको दोस्रो घण्टा सकिँदा समेत एक अर्ब आसपासको मात्रै कारोबार भएको छ ।

न्यून कारोबार सँगै सेयरबजार पनि सुस्ताएको लगानीकर्ताले अनुभव गरेका छन् । हरेक स्क्रीप्टमा राखिने उच्च उच्च भोल्युमको खरिद माग पनि देखिन छाडेका छन् भने बिक्री साइडमा नै उच्च सप्लाई देखिन थालेको छ । यिनै गतिविधिलाई हेर्दा मार्केटमेकरहरु बजारबाट निस्किएको लगानीकर्ताहरुले अनुमान गर्न थालेका छन् ।

अघिल्ला र्यालीहरुमा झै यसपटक पनि अपट्रेन्डमा उच्च भोल्युम आएपछि बजार सुस्ताउन थालेको हो । माघ २ गते ८ अर्ब २ करोड, माघ ३ गते ९ अर्ब ७६ करोड तथा माघ ४ गते ८ अर्ब १७ करोडको कारोबार भएको थियो । त्यसबेला ठूलो परिमाणमा बाहिरिएको पैसा मार्केटमेकर कै भएको र त्यो फेरि बजारमा भित्रिन समय लाग्ने सेयरबजारका जानकारहरु बताउँछन् ।

उसो त सेयरबजारका खेलाडी आम लगानीकर्तालाई अत्याएर सेयर बटुल्न खप्पिस छन् । अहिले सुस्ताएको सेयरबजार पनि त्यस्तै खेल हुनसक्ने पनि कतिपय लगानेकर्ताको बुझाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको