Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा सामान्य वृद्धि, कारोबार पनि बढ्यो

अर्थ संसार

बुधबार, २४ माघ २०८०, १५ : १८ मा प्रकाशित

सेयरबजारमा सामान्य वृद्धि, कारोबार पनि बढ्यो

बुधबार सेयरबजारमा सामान्य वृद्धि भएको छ । 

मङ्गलबार ९.४४ अङ्कले बढेर बन्द भएको सेयरबजार आज थप ४.९२ अङ्कले बढेर २०९०.६४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ रुपैयाँ पुगेको छ । आज बजार बढे सँगै कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा समाज लघुवित्त, गुराँस लघुवित्त, इस्टर्न हाइड्रो, एसियन हाइड्रो र बुद्धभूमि हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्स रह्यो । उक्त कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज होटल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक १.५ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स १.३४ र हाइड्रोपावर उपसूचक ०.९४ प्रतिशतले बढे । आज अन्य समूहको उपसूचक सर्वाधिक १.५४ प्रतिशतले घट्दा ननलाइफ इन्स्योरेन्स उपसूचक ०.३९ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको