Like us!
Follow us!
Connect us!
Watch us!

सेयर मार्केट, अन्तिम प्रहर अपडेट : आज कुन कुन स्क्रीप्टमा खेलिए खेल ?

अर्थ संसार

बुधबार, २४ माघ २०८०, १६ : ११ मा प्रकाशित

सेयर मार्केट, अन्तिम प्रहर अपडेट : आज कुन कुन स्क्रीप्टमा खेलिए खेल ?

खासगरी नेपाली सेयर बजारमा कारोबार समयको अन्तिम प्रहरमा विभिन्न चलखेल हुँदै आएका छन् । कुनै सेयरको भाउ उच्च मूल्यमा उचाल्नेदेखि डम्पिङसम्म अन्तिम प्रहरमा देखिँदै आएका खेलहरु हुन् । 

यसै सन्दर्भमा आम लगानीकर्तालाई यस्ता गतिविधि बारे जानकार गराउन अर्थसंसार टिमले अन्तिम प्रहर अपडेट दिने जमर्को गरेका छौ । बुधबार सेयरबजार ४.९२ अङ्कले बढेर २०९०.६४ विन्दुमा बन्द भएको छ । आज कारोबार रकम अघिल्लो दिन भन्दा बढेर २ अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ रुपैयाँ पुगेको छ भने चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज अन्तिम प्रहरमा चलखेल भएका सेयरहरुमा गुराँस लघुवित्त र गणपति लघुवित्त रहेका छन् । गुराँस लघुवित्तको सेयर ब्रोकर ६२ मार्फत अन्तिम समयमा खरिद गरेर ९४२ रुपैयाँबाट १०७५.८ रुपैयाँ पुर्याइएको छ । सोही ब्रोकरमार्फत आज उक्त कम्पनीको सबैभन्दा धेरै २६५७ कित्ता सेयर खरिद पनि भएको छ । हिजो पनि उक्त कम्पनीको सेयर भाउ अन्तिम समयमा ब्रोकर ६२ मार्फत उचालिएको थियो ।

यसैगरी गणपति लघुवित्तको सेयरभाउ पनि अन्तिम प्रहरमा उचालिएको छ । उक्त कम्पनीको सेयर ८७५ बाट बढाएर ८९६ मा क्लोजिङ गरिएको छ । यसबाहेक आज हाइड्रोपावर समूहमा कारोबार न्यून हुँदै गएका केही स्क्रीप्टमा खेलाडीले राम्रैसँग चहलपहल बढाइदिएका छन् । केही समयदेखि सुनसान छाएको इस्टर्न हाइड्रो, बुद्धभूमि हाइड्रो, एसियन हाइड्रो र इङ्ग्वा हाइड्रोको कारोबार अस्वाभाविक ढङ्गले बढेको छ । 

पछिल्ला पाँच कारोबार दिनमा औसत ४२०० कित्ता कारोबार भएको बुद्धभूमि हाइड्रोमा आज एकैदिन साढे ३२ हजार बढी कित्ता खरिद बिक्री भएको छ । यसैगरी पछिल्ला पाँच कारोबार दिनमा औसत ६५०० कित्ता कारोबार हुँदै आएको इस्टर्न हाइड्रोमा आज एकैदिन साढे साढे ५६ हजार बढी कित्ता खरिद बिक्री भएको छ । एसियन हाइड्रोको पनि पछिल्ला पाँच कारोबार दिनमा औसत ६५०० कित्ता कारोबार हुँदै आएको आज एकैदिन ५० हजार कित्ता बढी कारोबार भएको छ ।

यसैगरी आज शुरूवात मै नबिल बैंकको सेयर मूल्य उच्च मूल्यमा खरिद गरि बजार बढाइएको थियो । मङ्गलबार ४७५ मा कारोबार बन्द भएको उक्त सेयरको मूल्य बजार खुले लगत्तै ४८४.९ रुपैयाँ पुर्याइएको थियो । नेप्सेको हाइक्याप मध्येको एक कम्पनी नबिल बैंक बढ्दा नेप्से इन्डेक्स पनि पहिलो १० मिनेटमा उचालिएको थियो । त्यसबेला २१०० विन्दु पार गरेको नेप्सेले त्यसपछि भने उक्त विन्दु रिटेस्ट गर्न पनि पुग्नसकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको