Like us!
Follow us!
Connect us!
Watch us!

झ्यामोलोङ्गमा हाइड्रोपावारले आईपीओ निष्काशन गर्ने

अर्थ संसार

विहीबार, २५ माघ २०८०, ०७ : १५ मा प्रकाशित

झ्यामोलोङ्गमा हाइड्रोपावारले आईपीओ निष्काशन गर्ने

झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई  सेयर निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

सम्झौतामा कम्पनीको तर्फवाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेतका लागि  र.१००अकिंत दरको साधारण सेयर ५१,००,००० कित्ता निष्काशन गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी रु.२ अर्ब ५५ करोड रहेको छ । कम्पनीले कास्की जिल्लामा ३२ मे.वा. क्षमता रहेकोकरुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी रहेको छ।   आयोजना निर्माण कार्य करीब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको