बिहीबार सेयरबजारमा सामान्य वृद्धि भएको छ ।
बुधबार ४.९२ अङ्कले बढेर बन्द भएको सेयरबजार आज थप ५.७४ अङ्कले बढेर २०९६.३८ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब २१ करोड २२ लाख ८३ हजार चार सय ५३ रुपैयाँ पुगेको छ । आज बजार बढे सँगै कारोबार रकममा पनि वृद्धि भएको हो ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा समाज लघुवित्त, त्रिशुली जलविद्युत कम्पनी र बुद्धभूमि हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा गणपति लघुवित्त, बिपिडब्ल्यु लघुवित्त र मकर खोला हाइड्रो रहे । उक्त कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।
आज हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक १.४२ प्रतिशतले बढ्दा ट्रेडिङ १.१२ र विकास बैंक उपसूचक ०.६३ प्रतिशतले बढे । आज म्युचुअल फन्ड समूहको उपसूचक सर्वाधिक १ प्रतिशतले घट्दा अन्य समूहको उपसूचक ०.६६ प्रतिशतले घट्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस