नेपाली सेयर बजारमा खासगरी कारोबार समयको अन्तिम प्रहरमा विभिन्न चलखेल हुँदै आएका छन् । कुनै सेयरको भाउ उच्च मूल्यमा उचाल्नेदेखि डम्पिङसम्म अन्तिम प्रहरमा देखिँदै आएका खेलहरु हुन् ।
यसै सन्दर्भमा आम लगानीकर्तालाई यस्ता गतिविधि बारे जानकार गराउन अर्थसंसार टिमले अन्तिम प्रहर अपडेट दिँदै छौ । बिहीबार सेयरबजार ५.७४ अङ्कले बढेर २०९६.३२ विन्दुमा बन्द भएको छ । आज कारोबार रकम अघिल्लो दिन भन्दा बढेर ३ अर्ब २१ करोड २२ लाख ८३ हजार चार सय ५३ रुपैयाँ पुगेको छ भने तीन कम्पनीको सेयरमूल्य सकारात्मक सर्किटकै हाराहारीमा बढेका छन् ।
आज अन्तिम प्रहरमा चलखेल भएका सेयरहरुमा त्रिशुली जलविद्युत, दोर्दी हाइड्रो र किसान लघुवित्त रहेका छन् । दोर्दी हाइड्रो कम्पनीको सेयर ब्रोकर ७७ मार्फत अन्तिम समयमा खरिद गरेर ४२१ रुपैयाँबाट ४५६.८ रुपैयाँ पुर्याइएको छ । सोही ब्रोकरमार्फत आज उक्त कम्पनीको सबैभन्दा धेरै २१५९५ कित्ता सेयर खरिद पनि भएको छ । यसैगरी किसान लघुवित्तको सेयरभाउ पनि अन्तिम प्रहरमा उचालिएको छ । उक्त कम्पनीको ब्रोकर ३९ मार्फत सेयर ८४५ बाट बढाएर ८९४ मा क्लोजिङ गरिएको छ । त्रिशुली जलविद्युत सेयरभाउ पनि अन्तिम प्रहरमा उचालिएको छ । उक्त कम्पनीको सेयर ५८४ बाट बढाएर ६०० मा क्लोजिङ गरिएको छ ।
यसबाहेक आज हाइड्रोपावर समूहमा कारोबार न्यून हुँदै गएका थुप्रै स्क्रीप्टमा खेलाडीले राम्रैसँग चहलपहल बढाइदिएका छन् । केही समय न्यून कारोबार भएका सयपत्री हाइड्रो, अप्पर लोहोरे हाइड्रो, बलेफी हाइड्रो, श्वेतगङ्गा हाइड्रो, मायाखोला हाइड्रो, बुद्धभूमि हाइड्रो, एसियन हाइड्रो, दोर्दी हाइड्रो, राप्ती हाइड्रो, इङ्ग्वा हाइड्रो लगायतका कम्पनीमा कारोबार राम्रैसँग बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस