सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन खुल्ने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै म्युचुअल फन्डलाई छुट्ट्याएको ५ लाख ६२ हजार ५०० कित्ता सेयरको लकइन समय फागुन २७ गते सकिने जनाएको हो । कम्पनीले प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएको थियो ।
मङ्सिर २५ धितोपत्र बोर्डले म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियडको नियम लागू गरिदिएपछि फन्डहरुसँग होल्डिङमा रहेको सेयर लक इनमा परेको थियो । तर उक्त प्रावधान जारी हुनु अगावै एक लाख २७ हजार ५९४ कित्ता सेयर बिक्रि भइसकेको र बाकिँ चार लाख ३४ हजार ९०६ कित्ता सेयरको लकइन खुल्न लागेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस