Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको साधारणसभा : को को बने संचालक ?

अर्थ संसार

आइतबार, २८ माघ २०८०, २१ : ५४ मा प्रकाशित

कुमारी बैंकको साधारणसभा : को को बने संचालक ?

कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा माघ महिना २८ गते आइतबारका सम्पन्न भएको छ। सभा काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो। 

सभाले सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्यो ।

उक्त सम्पन्न साधारण सभामा भएको संचालक चुनावमा स्थापक सेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण सेयरधनी समूहबाट, महेश प्रसाद पोखरेल ,राजाराम खड्का र सर्वसाधारण सेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको