Like us!
Follow us!
Connect us!
Watch us!

सोनापुर मिनरल्सको जगेडा कोषमा थुप्रियो २ अर्ब ३० करोड रुपैंया, अरु सूचक कस्ता?

अर्थ संसार

सोमबार, २९ माघ २०८०, ०९ : १२ मा प्रकाशित

सोनापुर मिनरल्सको जगेडा कोषमा थुप्रियो २ अर्ब ३० करोड रुपैंया, अरु सूचक कस्ता?

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा 
गत आर्थिक वर्षको पहिलो छ महिनमा २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको सोनापुरले अहिले सोहि अवधिमा  नोक्सानी व्यहोर्नु परेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा  १४ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको देखिन्छ। 

संचालन आम्दानी तथा बिक्रि आम्दानी 

पहिलो छ महिनामा कम्पनीलाई १ करोड १४ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्रीबाट ७० करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। गत असार मसान्तसम्म कम्पनीको आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो। जुन असार मसान्तसम्मको तुलनामा ५९.२२ प्रतिशतले कम हो। 

प्रति सेयर आम्दानी
९ रुपैयाँ ६२ पैसा

प्रति सेयर नेटवर्थ
१७४ रुपैयाँ ९८ पैसा

चुक्ता पूँजी
३ अर्ब ७ करोड ५० लाख रुपैयाँ

जगेडा कोषमा
२ अर्ब ३० करोड ५७ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको