Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तमको कारोबार सुरुवातपछि अरु सिमेन्टका मूल्यमा पहिरो, कुन कति घट्यो?

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, ०७ : ०१ मा प्रकाशित

सर्वोत्तमको कारोबार सुरुवातपछि अरु सिमेन्टका मूल्यमा पहिरो, कुन कति घट्यो?

चैत्र ६ गते देखि नेप्सेमा सर्वोत्तम सिमेन्टको कारोबार सुरु भयो। कारोबार सुरु भएदेखि हिजो चैत्र १२ गते सम्म चार दिन कम्पनीको कारोबार भयो।हुन्  चार दिन नै यस कम्पनीको सकारात्मक सर्किट लागेको छ। चैत्र ६ मा पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ उक्त दिन बढेर ६११.७ रुपैयाँ पुग्दै सकारात्मक सर्किट  लागेको हो । उक्त सेयरमा अहिले उच्च माग रहेको भएता भए पनि उक्त दिन केबल ४०० कित्ता सेयरको कारोबार भएको थियो  ।

तेस्तै कम्पनीको दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९ हुँदै चौथो दिन ८१३.८ रुपैयाँ पुगेर चौथो सकारात्मक सर्किट  लागेको थियो  । उक्त सेयरमा अहिले पनि अत्यधिक माग रहेको छ भने सप्लाई निकै न्यून रहेको छ । न्यूनतम ५० कित्ता परेको उक्त कम्पनीको आइपिओमा दोस्रो दिन केबल २२५६ कारोबार भयो, तेस्रो दिन ७३९५ कित्ता र चौथो दिन २६हजार ८८५ कित्ता कारोबार भएको थियो। 

कम्पनीको सेयर SARBTM संकेतबाट दोस्रो बजारमा कारोबार हुँदैछ ।

उता,सर्वोत्तमको कारोबार सुरुवात संगै अरु सिमेन्ट कम्पनीको मूल्य भने घटेको घटेकै छ। सर्वोत्तम बाहेक बजारमा अरु तीन कम्पनी छन् , ती हुन सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड र घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड। यी तीनै कम्पनीको मूल्य सर्वोत्तमको कारोबार सुरु संगै घट्ने ट्रेण्डमा देखिन्छ। 

कुन कम्पनीको मूल्य कति घट्यो ?

१.सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड

चैत्र छ गते सर्वोत्तमको कारोबार सुरु भएको दिन सोनापुरको सुरुवाती कारोबार मूल्य ५५६ थियो। त्यसयता कम्पनीको प्रति कित्तामा ४३ रुपैंयाको गिरावट आइसकेका छ। चैत्र १२ मा कम्पनीको अन्तिम कारोबार ४८४ मा भएको थियो। 

२. शिवम् सिमेन्ट लिमिटेड
शिवम सिमेन्टको पनि चैत्र ६ यता प्रति कित्ता ४८ रुपैंया घटिसकेको छ। चैत्र छ मा ५७५ रुपैंया मा सुरु भएको कम्पनीको कारोबार त्यसयता घट्दो क्रममा रहेको छ। चैत्र १२ को कम्पनीको अन्तिम कारोबार ५२७ रुपैंयामा भएको छ। 



३.घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड
घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको मूल्य पनि घट्दो क्रममा रहेको छ। सर्वोतमको कारोबार भएको दिन देखि नै निरन्तर घटिरहेको घोराहीको पछिल्लो कारोबार प्रति कित्ताको मूल्य ५०८ रुपैंया २० पैसा रहेको छ।  जुन चैत्र ६ गते देखि ६१ रुपैंया ८० पैसा घटिसकेको छ। चैत्र छ को सुरुवाती कारोबार मूल्य घोराहीको ५७० रुपैंया रहेको थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको