Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचीकृत तीन सिमेन्ट कम्पनी : सोना सस्तो, शिवमको आम्दानी धेरै र घोराही सिमेन्टको उच्च नेटवर्थ

अर्थ संसार

शनिबार, ०५ फागुन २०८०, १९ : २७ मा प्रकाशित

नेप्सेमा सूचीकृत तीन सिमेन्ट कम्पनी : सोना सस्तो, शिवमको आम्दानी धेरै र घोराही सिमेन्टको उच्च नेटवर्थ

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हाल तीन सिमेन्ट कम्पनी सूचीकृत भइसकेका छन् भने चौथो कम्पनी प्रारम्भिक निष्कासनको चरण मै रहेको छ । 

शिवम् सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर सिमेन्ट गरि तीन कम्पनीको सेयर हाल दोस्रो बजारमा कारोबार भइरहेको छ भने चौथो सिमेन्ट कम्पनी सर्वोत्तम सिमेन्ट सर्वसाधारणका लागि फागुन १३ देखि आइपिओ निष्काशन गर्दै छ। 

दोस्रो बजारमा सूचीकृत भइसकेका तीन वटै कम्पनीको बजार मुल्य,आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय र अरु विभिन्न आधारमा कुन कम्पनी सबैभन्दा अब्बल छन् त, हेरौँ 

चुक्ता पुंजी

बजारमा सूचिकृत कम्पनीहरु मध्य सबैभन्दा धेरै चुक्ता पुंजी शिवम सिमेन्टको देखिन्छ।  शिवम सिमेन्टको चुक्ता पुंजी ५ अर्ब २ करोड रहेको छ भने बजारमा सूचीकृत कित्ता ५ करोड २.७ लाख रहेको छ ।  तेस्तै, घोराही सिमेन्ट इन्डष्ट्रीको चुक्ता पुंजी ४ अर्ब ५६ करोड रहेको छ भने बजारमा सूचीकृत कित्ता ४ करोड ५६ लाख रहेको छ ।  

अर्को कम्पनी सोनापुर मिनरल्स् एण्ड आयलको चुक्ता पुंजी ३ अर्ब ७ करोड रहेको छ भने बजारमा सूचीकृत कित्ता ३ करोड ७.५ लाख रहेको छ ।  

S.N
Company
Paid Up Capital
Listed Shares
1
Shivam Cements Limited
             5,027,000,000
     50,270,000
2
Ghorahi Cement Industry Limited
             4,567,685,700
     45,676,857
3
Sonapur Minerals and Oil Limited
             3,075,050,000
     30,750,500

व्यवसायबाट आम्दानी

चुक्ता तीन कम्पनीमध्ये व्यवसायबाट सबैभन्दा उच्च आम्दानी गर्ने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । शिवम् सिमेन्टले दोस्रो त्रैमाससम्म व्यवसायबाट तीन अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ । दोस्रो स्थानमा एक अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको घोराही सिमेन्ट छ भने सोनापुर सिमेन्टले ७० करोड ५७ लाख रुपैयाँ व्यवसायबाट आम्दानी गरेको छ ।

सञ्चालन मुनाफा 

सञ्चालन मुनाफा हेर्ने हो भने यस अवधिमा घोराही सिमेन्टले उच्च घाटा बेहोरेको छ । कम्पनीले एक करोड चौध लाख रुपैयाँ सञ्चालन घाटा बेहोर्दा शिवम् सिमेन्टले भने २० करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । सोनापुर सिमेन्टको सञ्चालन घाटा सबैभन्दा उच्च अर्थात १५ करोड २७ लाख रहेको छ ।

खुद नाफा 

खुद नाफा उच्च कमाउनेमा शिवम् नै पहिलो स्थानमा रहेको छ । उक्त कम्पनीले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाउँदा बाकिँ दुई कम्पनी भने घाटामा रहेका छन् । सोनापुर सिमेन्टले १४ करोड ७८ लाख घाटा बेहोर्दा घोराही सिमेन्टले सबै भन्दा धेरै ४१ करोड ८४ लाख रुपैयाँ घाटा बेहोरेको छ ।

प्रति सेयर आम्दानी

प्रति सेयर आम्दानीमा पनि शिवम् नै पहिलो स्थानमा रहेको छ । उक्त कम्पनीको इपिएस ५.९१ रुपैयाँ रहँदा सोनापुरको इपिएस ४.८१ रुपैयाँले ऋणात्मक र घोराही सिमेन्टको इपिएस ९.१६ रुपैयाँले ऋणात्मक रहेको छ ।

नेटवर्थ

नेटवर्थका हिसाबले भने घोराही सिमेन्टको सबैभन्दा उच्च नेटवर्थ रहेको छ । घोराहीको नेटवर्थ २२५.४५ रुपैयाँ रहँदा शिवम् सिमेन्टको १८७.६९ तथा सोनापुरको १७४.९८ रुपैयाँ नेटवर्थ रहेको छ ।

सेयर प्रिमियम रिजर्भ 

सेयर प्रिमियम रिजर्भमा घोराही सिमेन्टको सबैभन्दा बढी २ अर्ब ६५ करोड, सोनापुरको एक अर्ब ६५ करोड रुपैयाँ तथा शिवम् सिमेन्टको ९५ करोड रहेको छ ।

बजार मूल्य (फागुन ३ को मूल्यको आधारमा )

बजारमा सूचिकृत कम्पनीहरु मध्य सबैभन्दा सस्तो सोनापुर सिमेन्ट देखिएको छ । सोनापुर मिनरल्स् एण्ड आयलको पछिल्लो सेयर कारोबार मुल्य ४४० रुपैंया रहेको छ।  शिवम सिमेन्टको पछिल्लो सेयर कारोबार मूल्य ४८० रुपैंया रहेको छ।   तेस्तै, घोराही सिमेन्ट इन्डष्ट्रीको पछिल्लो कारोबार मूल्य ४८७ रुपैंया रहेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको