Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको बढ्यो खुद नाफा, ईपीएस गत वर्ष भन्दा बढ्यो

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ०६ : ४५ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको बढ्यो खुद नाफा, ईपीएस गत वर्ष भन्दा बढ्यो

एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको यस अवधिमा प्रगति नै देखिएको छ। 

खुद नाफा 

कम्पनीले पहिलो छ महिनामा ८ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले नाफामा ५३.९६ प्रतिशतको बढाएको छ। 

कुल बीमाशुल्क
कम्पनीले यस आर्थिक वर्षको पहिलो छ महिनामा १ अर्ब ६ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ६ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

खुद बीमाशुल्क 
यसअवधिमा कम्पनीले ३१ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २९ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन ६.०४ प्रतिशतले बढेको छ।

चुक्तापुँजी
१ अर्ब ४५ करोड रुपैयाँ

स्पेसल रिजर्भ
१ अर्ब २८ करोड रुपैयाँ  (अघिल्लो वर्षको असार मसान्तसम्म स्पेसल रिजर्भमा १ अर्ब २४ करोड रुपैयाँ रहेको थियो )

महाविपत्ति कोष
७ करोड ६२ लाख रुपैयाँ

रिटेन्ड अर्निङ
१२ करोड ८० लाख रुपैयाँ 

प्रति सेयर आम्दानी (ईपीएस)
१२ रुपैयाँ (अघिल्लो वर्ष ईपीएस ७.७९ रुपैयाँ थियो)

प्रति सेयर नेटवर्थ
२१४.५६ रुपैयाँ

मूल्य आम्दानी अनुपात
७०.३३ गुणा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको