एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (माघ २० गते) देखि अवितरित हकप्रद सेयरको बिक्री लिलाम प्रक्रिया सुरु गरेको छ। कम्पनीले यसअघि गत मंसिर ११ देखि पुस १६ सम्म १०:५.२५६ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्रीका लागि खुला गरेको थियो।
बाँडफाँट र अवितरित सेयर:
कम्पनीले रीतिपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद सेयर माघ ६ गते बाँडिसकेको छ। यसबीच, संस्थापक समूहतर्फ २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहतर्फ २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद सेयर अवितरित रहेको छ। यी सेयरहरू लिलाम प्रक्रियामार्फत बिक्री गरिने भएको छ।
बिक्री प्रक्रिया:
प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यो सेयर कुनै पनि व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउनेछन्। इच्छुक खरिदकर्ताले माघ २७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक समूहतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता सेयर खरिद गर्न सकिनेछ। साथै, अधिकतम सबै कित्ता सेयरका लागि पनि आवेदन दिन पाइनेछ।
बोलपत्र दिने प्रक्रिया:
बोलपत्र कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं र एनएलजी इन्स्योरेन्सका शाखा कार्यालयहरू विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा बुझाउनुपर्नेछ। बोलपत्र फाराम पनि उक्त स्थानहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस