Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १० : २२ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँको कुल २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँबराबरको नगद लाभांश छन्।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको