Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको अधिकांश सूचकहरुमा सुधार, प्रति सेयर आम्दानी २१.९९ रुपैयाँ

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ०९ : २५ मा प्रकाशित

नेको इन्स्योरेन्सको अधिकांश सूचकहरुमा सुधार, प्रति सेयर आम्दानी २१.९९ रुपैयाँ

नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

खुद नाफा 
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा २२ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड २० रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १५ दशमलव २० प्रतिशतले बढेको हो ।

बीमा शुल्क आर्जन 
यस आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १ अर्ब ९ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यो  ४ प्रतिशतको बृद्धि हो।

खुद बीमा शुल्क
कम्पनीले यस अवधिमा ६१ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

महाविपत्ती कोष
१२ करोड २३ लाख रुपैयाँ रहेको छ 

जगेडा कोष
३६ करोड ३४ लाख ९२ हजार रुपैयाँ

अन्य इक्विटी
२६ करोड ४७ लाख रुपैयाँ

पूँजी
२ अर्ब १ करोड रुपैयाँ

प्रति सेयर आम्दानी
२१ रुपैयाँ ९९ पैसा

प्रति सेयर नेटवर्थ
२ सय ३० रुपैयाँ १ पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको