Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार प्रणाली व्यवस्थापन गर्न परामर्शदाता कम्पनी खोज्दै नेप्से, दुई साताभित्र आशयपत्र पेश गर्नुपर्ने

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, १५ : ४१ मा प्रकाशित

कारोबार प्रणाली व्यवस्थापन गर्न परामर्शदाता कम्पनी खोज्दै नेप्से, दुई साताभित्र आशयपत्र पेश गर्नुपर्ने

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारोबार प्रणाली व्यवस्थापन गर्न परामर्शदाता कम्पनीको खोजी गरेको छ ।

नेप्सेले आज एक सूचना जारी गर्दै इच्छुक परामर्शदाता कम्पनी दुई साताभित्र आशयपत्र पेश गर्नु पर्ने जानकारी दिएको छ । इच्छुक कम्पनीले कारोबार प्रणालीको हार्डवेयर, नेटवर्क र पावर सिस्टमको सपोर्ट तथा मर्मतका लागि नेप्सेलाई परामर्श सेवा दिनुपर्नेछ ।  इच्छुक कम्पनीले अन्य कम्पनीसँग सहकार्य गर्ने गरि पनि आशयपत्र पेश गर्न सक्ने जनाइएको छ ।

आशयपत्र पेश गर्ने कम्पनीहरुको मूल्याकंन गर्न कम्पनीमा रहेका मुख्य विज्ञहरुको योग्यतालाई ४० प्रतिशत, कम्पनीको अनुभवलाई ५० प्रतिशत र कम्पनीको क्षमतालाई १० प्रतिशत भार दिई अङ्क दिइने छ । आशयपत्रको मूल्यांकनमा सर्टलिस्टमा परेका कम्पनीलाई मात्रै प्राविधिक र आर्थिक प्रस्ताव पेश गरि अघिल्लो छनोटमा बोलाइने जनाइएको छ ।

नेप्सेले केही साता अघि पावर सिस्टममा समस्या आएको भन्दै प्रणाली नै दुई दिनसम्म बन्द गरी मर्मत गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको