Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा समृद्धि योजनाले प्राथमिक निष्कासनका लागि माग्यो अनुमति

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, १७ : ४३ मा प्रकाशित

गरिमा समृद्धि योजनाले प्राथमिक निष्कासनका लागि माग्यो अनुमति

गरिमा क्यापिटल लिमिटेड कोष व्यवस्थापक रहेको गरिमा समृद्धि योजनाले प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

योजनाले सेबोनसमक्ष माघ २८ गते प्राथमिक निष्कासन गर्न आवेदन दिएको हो । बन्दमुखी सामूहिक लगानी कोष योजना गरिमा म्युचुअल फन्डले १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्न लागेको हो । उक्त योजना हाल सेबोनको म्युचुअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

गरिमा क्यापिटलले पहिलो पटक म्युचुअल फन्ड निष्कासन गर्न लागेको हो । क्यापिटलले लगानीकर्तालाई नियमित लगानी योजना, व्यवस्थित लगानी योजना, साना साना लगानी योजना जस्ता लगानीका अवसर प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको