Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया क्यापिटलको नयाँ खुलामुखी म्युचुअल फन्ड सेबोनको पाइपलाइनमा

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, १३ : ०२ मा प्रकाशित

एनआईसी एसिया क्यापिटलको नयाँ खुलामुखी म्युचुअल फन्ड सेबोनको पाइपलाइनमा

एनआईसी एसिया क्यापिटल कोष व्यवस्थापक रहेको एनआईसी एसिया इक्विटी लिङ्क्ड इन्भेस्टमेन्ट स्कीमले प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

योजनाले सेबोनसमक्ष असार ३१ गते नै प्राथमिक निष्कासन गर्न आवेदन दिएकोमा सेबोनले थप कागजात माग गरेपछि सोसहित माघ २४ गते आवेदन पेश गरेको हो । उक्त खुलामुखी सामूहिक लगानी कोष योजनाले १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्न लागेको हो । उक्त योजना हाल सेबोनको म्युचुअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

क्यापिटलले ६ वटा योजना निष्कासन गरि व्यवस्थापन गरिरहेको छ । क्यापिटलले डिपोजिटरी, मर्चेन्ट बैंकिङ, सामूहिक लगानीकोष सञ्चालन, पोर्टफोलियो व्यवस्थापन जस्ता सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको