Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले फेरि गर्यो कम्पनीको वर्गीकरण, सबैभन्दा धेरै कम्पनी 'जेड' वर्गमा

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, १७ : ०८ मा प्रकाशित

नेप्सेले फेरि गर्यो कम्पनीको वर्गीकरण, सबैभन्दा धेरै कम्पनी 'जेड' वर्गमा

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुको फेरि वर्गीकरण गरिएको छ ।

यसअघि २०७६ माघ र २०७८ चैतमा पनि कम्पनीहरुको वर्गीकरण गरिएको थियो । यस वर्षको पुस मसान्तसम्म अद्यावधिक विवरण अनुसार कम्पनीहरुको चार समूहमा वर्गीकरण गरिएको नेप्सेले जनाएको छ । नयाँ वर्गीकरण अनुसार वर्ग 'ए' मा ३१ कम्पनी परेका छन् जसमध्ये सबैभन्दा धेरै ८ वाणिज्य बैंक परेका छन् । यसैगरी वर्ग 'ए' मा ७ विकास बैंक, ६ लघुवित्त, तीन हाइड्रोपावर कम्पनी, दुई-दुई लगानी र उत्पादन समूहका कम्पनी तथा एक-एक अन्य समूह, निर्जीवन बिमा र फाइनान्स कम्पनी परेका छन् । ट्रेडिङ, जीवन बिमा र होटल तथा पर्यटन समूहका कुनै पनि कम्पनी  वर्ग 'ए' मा परेनन् ।

यसैगरी  वर्ग 'बि' मा ३५ कम्पनी परेका छन् । वर्ग 'बि' मा ७ वाणिज्य बैंक, २-२ लघुवित्त र विकास बैंक, ६ फाइनान्स, १४ हाइड्रोपावर कम्पनी, एक लगानी समूहको कम्पनी र तीन होटल तथा पर्यटन समूहको कम्पनी परेका छन् । वर्ग 'जि' मा ७० तथा वर्ग 'जेड' मा १३५ कम्पनी परेका छन् ।

धितोपत्र सूचीकरण नियमावली, २०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । वर्गीकरण चित्त नबुझेमा सार्वजनिक गरिएको वर्गीकरणमा उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिन भित्र संस्थाले दाबी गर्न सक्ने नेप्सेले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको